logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एमालेको उपमेयर र उपाध्यक्षमा धैरै जित हाँसिल, कसले कति जिते ?

    एमालेको उपमेयर र उपाध्यक्षमा धैरै जित हाँसिल, कसले कति जिते ?

    3.7K
    Shares

     

    काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ। शनिबार अपरान्हसम्म ६९० पालिकाको अन्तिम परिणाम आइसकेको छ। अहिलेसम्मको मतपरिणाममा ३०५ पालिकामा प्रमुख र अध्यक्ष जिते नेपाली कांग्रेस पहिलो नम्बरमा छ भने १८७ पालिकामा एमालेले जित हात पारेको छ।

    २०७४ को स्थानीय तह चुनावमा एमाले देशभरिमा पहिलो दल बनेको थियो। यसपालि एमाले दोस्रोमा खुम्चिएको छ। उपमेयर र उपाध्यक्ष भने एमालले २ बढी पालिकामा जितेको छ।

    अहिलेसम्म ६६ पालिकामा मेयर जित्दा एमालेले १२१ पालिकाका अध्यक्षमा विजय हासिल गरेको छ।

    एमालेले ८९ पालिकामा उपमेयरमा जितेको छ भने १२२ गाउँपालिकामा उपाध्यक्ष जितेको छ। अर्थात् एमालेले मेयर र अध्यक्षभन्दा २४ बढी पालिकामा उपमेयर र उपाध्यक्ष जितेको छ।

    मतपरिणाम आउन बाँकी पालिकामध्ये एमाले १८ पालिकाको प्रमुख–अध्यक्षमा अगाडि छ भने उपमेयररउपाध्यक्षमा उसको अग्रता भएका पालिका २७ वटा छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend