काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा बलात्कारविरूद्ध युवाहरूले प्रदर्शन गरेका छन् । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।
भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको बताएकी थिइन् ।
प्रदर्शनकारीहरूले महिला शरीरको वस्तुकरण बन्द गर, इनअफ इज इनअफ वि विल नट टोलोरेट एनिमोर, पुँजीवादी पितृसत्ता मुर्दावाद लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
फोेटो : विशाल जोगी