logo

२०८१ असोज २८ सोमबार

logo
  • सोमबार, २८ असोज २०८१
  • कपिलवस्तुको विजयनगरमा पुनः एमालेकै नेतृत्व

    कपिलवस्तुको विजयनगरमा पुनः एमालेकै नेतृत्व

    3.7K
    Shares

    कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले)ले जितेको छ । अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी थारू निर्वाचित भएका हुन् ।

    थापाले पाँच हजार ८३८ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकीप्रसाद यादवले पाँच हजार ३३४ मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित थारूले चार हजार ९३० मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जसपाकी गुञ्जेश्वरी कुर्मीले चार हजार ८४९ मत प्राप्त गरिन् ।

    विसं २०७४ मा पनि थापा र थारू नै निर्वाचित भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend