logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ब्युटी पेजेन्टको नाममा बलात्कार गर्नेले हदम्याद नाघेको भन्दै उन्मुक्ति पाए कानुनको उपहास हुन्छ – डा संग्रौला

    ब्युटी पेजेन्टको नाममा बलात्कार गर्नेले हदम्याद नाघेको भन्दै उन्मुक्ति पाए कानुनको उपहास हुन्छ – डा संग्रौला

    3.1K
    Shares
    ब्युटी पेजेन्टको नाममा बलात्कार गर्नेले हदम्याद नाघेको भन्दै उन्मुक्ति पाए कानुनको उपहास हुन्छ – डा संग्रौला

    काठमाडौँ — नेपाली कांग्रेस नेता डा डिला संग्रौला पन्तले बलात्कार सम्बन्धी कानुन संशोधन गर्न आग्रह गरेकी छिन् । आजभन्दा ८ वर्ष अघि सौन्दर्य प्रतियोगिताका एकजना आयोजकले १६ वर्षीया एक किशोरीलाई पटकपटक बलात्कार गरेको घटना पीडितले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्मरण गर्दै उनले हदम्याद नाघेको भन्दै जघन्य घटनाका दोषीले उन्मुक्ति पाए भने यो कानुनको उपहास हुने बताएकी छन् ।

    नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक, महिलाको हक, अपराध पीडकको हकजस्ता मौलिक हक व्यवहारमा पूर्ण रुपमा लागू गर्न पनि बलात्कारको घटनामा हदम्याद हटाउन आवश्यक रहेको उनको बुझाई छ।

    डा संग्रौलाले यो अत्यन्तै गम्भीर विषयमा छलफल गरी कानुन संशोधन गर्न संसदमा पहल गर्नेछु । घटनाको छानबिन गरी दोषीलाई सजाय दिन म नेपाल सरकारसँग माग गर्दछु । उनले लेखेकी छिन् ।

    बिहीबार आठ वर्षअघि भएको एक सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् । हदम्यादका कारण आफुले न्याय पाउने अवस्था नरहेको ती युवतीको गुनासो छ । ती युवतीसहित बलात्कारीलाई सजाय हुने गरी कानुन संशोधन गर्न माग गर्दै अधिकारकर्मी र युवाहरुले शुक्रबार बिहान बालुवाटारमा प्रदर्शनसमेत गरेका थिए ।

    आजभन्दा ८ वर्ष अघि सौन्दर्य प्रतियोगिताका एकजना आयोजकले १६ वर्षीया एक किशोरीलाई पटकपटक बलात्कार गरेको घटना पीडितले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । हदम्याद नाघेको भन्दै जघन्य घटनाका दोषीले उन्मुक्ति पाए भने यो कानुनको उपहास हुनेछ । नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक, महिलाको हक, अपराध पीडकको हकजस्ता मौलिक हक व्यवहारमा पूर्ण रुपमा लागू गर्न पनि बलात्कारको घटनामा हदम्याद हटाउन आवश्यक छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend