पोखरा । पोखरा महानगरपालिकामा हालसम्म ८५ हजार १५७ मतगणना भएको छ । गठवन्धनका मेयर पदका उम्मेद्वार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
आचार्य एमालेका कृष्ण थापाभन्दा ३३ सय ८७ मतान्तरले अगाडि छन् । आचार्यले ३४ हजार ३३६ मत प्राप्त गर्दा थापाले ३० हजार ९४९ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले ३८ सय ३५ र स्वतन्त्रका गनेस पौडेलले २३ सय ३५ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ३५ हजार ३१२ मतका साथ अगाडि रहेकी छन् । उनले गठवन्धनकी उम्मेद्वार नेपाली कांग्रेसकी कोपिला रानाभाट भन्दा ४६५ मत बढी प्राप्त गरेकी छन् । रानाभाटले ३४ हजार ८४७ मत प्राप्त गरेकी छन् ।