logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ब्युटी पेजेन्टको नाममा नाबालिगमाथि बलात्कार आरोपी मनोज पाण्डे पक्राउ

    ब्युटी पेजेन्टको नाममा नाबालिगमाथि बलात्कार आरोपी मनोज पाण्डे पक्राउ

    8.7K
    Shares
    ब्युटी पेजेन्टको नाममा नाबालिगमाथि बलात्कार आरोपी मनोज पाण्डे पक्राउ

     

    काठमाडौं । ब्युटी पेजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

    बिहीबार आठ वर्षअघि भएको एक सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् । हदम्यादका कारण आफुले न्याय पाउने अवस्था नरहेको ती युवतीको गुनासो छ । ती युवतीसहित बलात्कारीलाई सजाय हुने गरी कानुन संशोधन गर्न माग गर्दै अधिकारकर्मी र युवाहरुले शुक्रबार बिहान बालुवाटारमा प्रदर्शनसमेत गरेका थिए ।

    आजभन्दा ८ वर्ष अघि सौन्दर्य प्रतियोगिताका एकजना आयोजकले १६ वर्षीया एक किशोरीलाई पटकपटक बलात्कार गरेको घटना पीडितले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । हदम्याद नाघेको भन्दै जघन्य घटनाका दोषीले उन्मुक्ति पाए भने यो कानुनको उपहास हुनेछ । नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक, महिलाको हक, अपराध पीडकको हकजस्ता मौलिक हक व्यवहारमा पूर्ण रुपमा लागू गर्न पनि बलात्कारको घटनामा हदम्याद हटाउन आवश्यक छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend