logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • यस्तो छ काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम, कस्ले कति ल्याए ?

    यस्तो छ काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम, कस्ले कति ल्याए ?

    2.5K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाको ताजा मत परिणाम सार्वजनिक भएको छ । आइतबार विहानसार्वजनिक गरिएको आधिकारिक मतगणनाको विवरणअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ३८ हजार ३३३ मत पाएका छन् ।

    यता एमालेका केशव स्थापितले हालसम्म २१ हजार ००८ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले २१ हजार २९९ मत पाएकी छन् ।

    महानगरपालिकाको उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोलले पनि अग्रता बनाएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा २२ हजार बढीको मतान्तर बनाएकी हुन् । ​सुनिताले ३४ हजार ३० मत पाएकी छन् ।

    यस्तै सत्ता गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ८४२ मत पाएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend