काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर–७ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । काठमाडौं–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विमलकुमार होडा निर्वाचित भएका छन् । उनी दुई हजार ८६७ मतका साथ निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार कृष्णमणि भट्टराईले दुई ८१६ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सदस्यहरूमा पनि सबै कांग्रेस उमेदवार निर्वाचित भएका छन्।