logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • तुलसीपुर उपमहानगरमा मेयर र उपमेयर दुवैमा एमालेको अग्रता

    तुलसीपुर उपमहानगरमा मेयर र उपमेयर दुवैमा एमालेको अग्रता

    3.1K
    Shares

     

    काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृत कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यहाँ मेयर र उपमेयर दुवैमा नेकपा एमाले अगाडि छ ।

    एमालेको तर्फबाट मेयर उम्मेदवार टिकाराम खड्का १५ हजार ९ सय १७ मतसहित अग्रस्थानमा छन् । खड्काका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरी १४ हजार ९ सय ५५ मत पाएका छन् । त्यस्तै, राप्रपाका उम्मेदवार जगधनी चौधरी ६ सय ४१ मतसहित तेस्रो स्थानमा छन् ।

    उपमेयरमा पनि एमालेले नै अग्रता लिइरहेको छ । एमालेकी उपमेयर उम्मेदवार स्यानी चौधरी १५ हजार ६८ मत पाएर अग्रस्थानमा छिन् । उनलाई सत्तागठबन्धनबाट उपमेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबादुर राना ११ हजार ७४ मत ल्याएर पछ्याइरहेका छन् । उपमेयरमा पनि राप्रपा तेस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार प्रेमबहादुर शाहले २ हजार ८ सय ८७ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend