सप्तरी । सप्तरीको रूपनी गाउँपालिकामा आज सोमबार सार्वजनिक विदा छ । वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट रूपनीको अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरि विदा दिन निर्देशन दिएका हुन् ।
पद तथा गोपनियताको सपथ पनि नलिएका यादवको निर्देशनअनुसार गाउँपालिकाले आज पालिकाभरि सार्वजनिक विदा दिएको छ ।
‘उहाँको आज सपथ छ। त्यसपछि विजयोत्सव हुन्छ । त्यसअघि नै विदा दिनु भनेर निर्देशन दिनुभयो। जितेर आएका मान्छेले भनेपछि मान्नै पर्यो,’ गाउँपालिकाका एक कर्मचारीले भने।