logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • जनतालाई देउवा सरकारको उपहार, दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले बृद्धि

    जनतालाई देउवा सरकारको उपहार, दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले बृद्धि

    5K
    Shares
    जनतालाई देउवा सरकारको उपहार, दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले बृद्धि

    काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ। तरकारीदेखि पेट्रोलियम पदार्थको मूल्य एकैसाथ बढ्दा उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन् । एकै वर्षको अन्तरमा तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल, गहुँ, मकैलगायतका अधिकांश खाद्य वस्तुको मूल्य बढेर दोब्बर पुगेको छ। बजारमा गोलभेँडाको मूल्य अत्यधिक अर्थात् वार्षिक ४२० प्रतिशतले बढेको छ।

    अहिले गोलभेँडा प्रतिकिलो १ सय ५० रुपैयाँ पर्छ । यद्यपि, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको जेठ ९ गतेको मूल्य सूचीअनुसार गोलभेँडाको थोक मूल्य नै प्रतिकिलो १ सय ३० रुपैयाँ पुगेको छ। जबकि गत वर्ष यो समयमा प्रतिकिलो न्यूनतम १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म थियो। अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम वस्तुको मूल्य बढेसँगै नेपालमा आयातित हुने सबै वस्तुको मूल्य बढेको विश्लेषण गरिन्छ। तर, अहिले तरकारीमध्ये सबैभन्दा बढी गोलभेँडाको मूल्य छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend