logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • काठमाडौं महानगरपालिका उपमेयरमा एमालेकी सुनिता डंगोल भारी मतले विजयी

    काठमाडौं महानगरपालिका उपमेयरमा एमालेकी सुनिता डंगोल भारी मतले विजयी

    2.6K
    Shares
    काठमाडौं महानगरपालिका उपमेयरमा एमालेकी सुनिता डंगोल भारी मतले विजयी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् ।

    काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन् । अब २४ हजार ७७८ मत गणना हुन बाँकी हुँदा सुनिताको मतान्तर ३९ हजार ९८९ रहेको छ ।

    यस्तै मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक रहेका छन् । साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका हुन् । उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई राखेकी छिन् भने एमालेका उम्मेदवार केशव स्थापित ३३ हजार ६ सय ९ मतसहित तेस्रो स्थानमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend