logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक १४.३७ अंकले वृद्धि

    नेप्से परिसूचक १४.३७ अंकले वृद्धि

    3.8K
    Shares

     

    काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक बुधवार पनि दोहोरो अंकले वृद्धि भएको छ । मंगलवार १६.३२ अंकले वृद्धि भएको नेप्से परिसूचक बुधवार १४.३७ अंक बढेर २२३१.५७ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले बढेको छ ।

    बुधवार कारोबारमा आएका २६६ कम्पनीको २६ लाख ९४ हजार कित्ता शेयर १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनाका नेप्से कारोबार गिरावट भएको छ । मंगलवार १ अर्ब ८ करोड ८८ लाख ३३२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    नेप्सेका १३ वटै उपसमूहको परिसूचक वृद्धि भएको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशत बढेको छ । त्यस्तै निर्जीवन बीमा उपसमूहको परिसूचक १.४३ प्रतिशत बढेको छ भने जलविद्युतको १.१९ प्रतिशत बढेको छ ।

    बुधवार कारोबारमा आएको बलेफी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.९२ प्रतिशत बढेको छ । त्यस्तै, मैलुङ खोला जलविद्युत, सिंगटी हाइड्रो इनर्जी र गुराँस लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ७.१३ प्रतिशत घटेको छ ।

    कारोबार रकमका आधारमा ८ करोड ३४ लाख ८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend