logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सन्तोष राठी एनआइसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

    सन्तोष राठी एनआइसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

    2.5K
    Shares

    काठमाडौं । एनआइसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी नियुक्त भएका छन् । जेठ ८ गते बसेको एनआइसि एशिया बैंकको सञ्चालक समिति बैंठकले राठीलाई प्रमुखमा नियुक्त गर्ने नियुक्त गरेको हो ।

    राठीसँग नेपालको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव छ । उनको नियुक्तिले आगामी दिनमा बैंकले थप सफलतापूर्वक ग्राहकहरुलाई बैंकिङ सेवा पुर्याउनेमा बैंक विश्वस्त छ ।

    समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका राठीलाई अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रुपान्तरणमा पुर्याएको अतुलनीय योगदानको कदर एवं उच्च मूल्याङ्कन गर्दै बैंकले उनलार्इृ नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो ।

    उनी यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । उनले आर्थीक वर्ष २०७९÷८० को पहिलो दिन साउन १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सम्हाल्ने छन् ।

    राठीले २०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपालको विराटनगर शाखाको शाखा प्रबन्धकको रुपमा काम सुरू गरेका थिए ।

    पछि विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इको सिस्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत भए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend