काठमाडौँ – काठमाडौँ महानगरमा नेकपा एमाले तर्फबाट मेयरका प्रत्यासी केशव स्थापित पराजित भएपछी रश्मिला प्रजापतिले मतदातालाई धन्यवाद दिएकी छन्।
काठमाडौं महानगरपालिकाका मतदाताहरुमा यौन दुराचारीलाई भोट आउट गरेकोमा धन्यवाद ब्यक्त गर्दै उनले काठमाडौं निकै सचेत रहेको र काठमाडौँले कसैको अनावश्यक हस्तक्षेप नसहने दाबी समेत गरेकी छन् ।
२५ वर्ष अगाडि काठमाडौँ महानगरपालिकाको कर्मचारी रहेकी उनले मेयर पदमा अत्यधिक मतले विजयी भएका बालेन साहलाई हार्दिक बधाई समेत ब्यक्त गरेकी छन् । प्रजापतिले स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाउदै आएकी छन् ।
केशव स्थापितको स्थापित पराजित भएपछी सामाजिक सञ्जालमार्फत उनले लेखेकी छन् , ‘काठमाडौँ महानगरपालिकाका मतदाताहरुमा यौन दुराचारीलाई भोट आउट गरेकोमा धन्यवाद। काठमाडौँ निकै सचेत छ, आफूमाथि कसैको अनावश्यक हस्तक्षेप सहँदैन। काठमाडौँका मतदाता धेरै विवेकी छन्, कुनै प्रकारको दुर्व्यवहारमा साथ दिँदैन भन्ने दरिलो प्रमाण भएको छ यौन दुराचारीको हार। २५ वर्षपछि काठमाडौँ महानगरपालिका परिवर्तन उन्मुख छ।
मेयर पदमा अत्यधिक मतले विजयी हुनुभएका बालेन साहलाई हार्दिक बधाई। काठमाडौँका जनताको लागि, यहाँको सम्पदा संरक्षणको लागि, यहाँको सभ्यता जोगाउनको लागि कार्य गर्न सफल हुनुहोस्, सफल कार्यकालको शुभकामना । साथै नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई पनि बधाई तथा सफल कार्यकालको शुभकामना’