logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीले प्रशिक्षण दिने

    नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीले प्रशिक्षण दिने

    3.3K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।

    जेठ १८ र १९ गते काठमाडौंमा जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जनाकारी दिए । माओवादीले स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने तयारी गरेको हो ।

    जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख र उपप्रमुखलाई पनि कार्यक्रममा सहभागी गराइने बताइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, शीर्ष नेता र विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिने छन् ।

    निर्वाचित जनप्रतिनिधिलाई पार्टीका तर्फबाट जनताका पक्षमा जिम्मेवारीका साथ प्रस्तुत हुन निर्देशन दिइने बुझिएको छ । जनप्रतिनिधिले गर्न हुने र नहुने कामसम्बन्धी निर्देशिका पनि पार्टीले तयार गरिरहेको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend