काठमाडौं । सिन्धुपाल्चोकमा एम्बुलेन्स पल्टिएर किच्दा एक जनाको मृत्यु भएको छ । सुनकोसी वडा नम्बर ७ कि ८९ बर्षीय मनमाया खड्काको ज्यान गएको छ ।
एम्बुलेन्स पल्टदा किचेर सडक छेउमा रहेको घरमा रहेकी सुनकोसी वडा नम्बर ७ कि ८९ बर्षीय मनमाया खड्काको ज्यान गएको हो ।
बा २० च ६३२७ नम्बरको एम्बुन्स लामोसाँघु जिरी सडक खण्डको सिन्धुपाल्चोकको २ किलो नजिकै दुर्घटना भएको हो ।
खाडिचौर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याएको दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अनियन्त्रित भै दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।