logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ओलीको नजरमा सरकारको नीति तथा कार्यक्रम ‘चास्नीमा नडुबाएको जेरीजस्तो’

    ओलीको नजरमा सरकारको नीति तथा कार्यक्रम ‘चास्नीमा नडुबाएको जेरीजस्तो’

    2.3K
    Shares

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई शब्दजालको पुलिन्दा मात्रै भएको बताएका छन् । नीति तथा कार्यक्रमलाई उनले ‘चास्नीमा नडुबाएको जेरी’ को संज्ञासमेत दिए ।

    आजको संसद बैठकमा बोल्दै ओलीले नीति तथा कार्यक्रमबारे टिप्पणी गरेका हुन् । उनले नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूसमेत उल्लेख गरेर आलोचना गरेका थिए । ‘बुँदा नम्बर १३६ ले ढुक्कसँग भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ, होइन भने मलाई गलत सावित गर्नुस्,’ ओलीले दाबी गरे, ‘बुँदा नम्बर ७३ र ७७ हेरिसकेपछि बाँकी १४३ बुँदाको पनि सहजै अनुमान गर्न सकिन्छ ।’

    उनले यो सरकारसँग आफ्नो कुनै नीति नरहेको टिप्पणी गरे । उनले भने, ‘नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको जेरीजस्तो छ । राम्रा शब्दहरु खोजीखोजी राखिएको छ तर अर्थ खुल्दैन । यसको प्रस्थानबिन्दु नै स्पष्ट छैन । गुजुल्टिँदै गुजुल्टिँदै कहाँ जान्छ कहाँ ।’

    उनले नीति तथा कार्यक्रम नै अस्थिरताको घोषणापत्रका रूपमा आएको बताए । गठबन्धन सरकारको आफ्नो होइन कुनै प्रतिवेदन वा अवधारणापत्रलाई साभार गरिएको जस्तो भएको पनि उनको टिप्पणी थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend