logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • चुनावमा गठबन्धनका नेताहरुको मतदातालाई धम्क्याउने काम भयो, जनता थरथर काम्दै जाने स्थिति बन्यो: ओली

    चुनावमा गठबन्धनका नेताहरुको मतदातालाई धम्क्याउने काम भयो, जनता थरथर काम्दै जाने स्थिति बन्यो: ओली

    2.5K
    Shares
    चुनावमा गठबन्धनका नेताहरुको मतदातालाई धम्क्याउने काम भयो, जनता थरथर काम्दै जाने स्थिति बन्यो: ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावको समयमा गठबन्धनका नेताहरुले फलानालाई भोट नदिने हो भने देशमा दुर्घटना हुन्छ भनेको धम्क्याउने काम भएको बताए । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    यस्तो अभिव्यक्तिपछि मान्छेहरुले द्वन्द्वकाल सम्झिएको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘छोराछोरी विदेशिनु परेको सम्झिए । आतंक छाएको सम्झिए । भाषणका शब्द जसरी बाणका रुपमा निस्किँदै जान्छन्, जनता थरथर काम्दै जाने स्थिति बन्यो ।’

    सम्भव भएसम्म सबै षड्यन्त्र, राज्यसंयन्त्रको हस्तक्षेप, त्रासदीपूर्ण वातावरणका बीच गठबन्धनले खटाएको उम्मेदवारलाई सरकारी उम्मेदवार जस्तो बनाएर भोट दिन आम जनतालाई बाध्य पार्ने काम भएको उनले बताए ।

    धेरै मतदाताको मत गठबन्धनका कार्यकर्ताले खसाएको भन्दै उनले भने, ‘न आफूले भनेको उम्मेदवारलाई मतदान गर्न पाइयो, न स्वच्छ ढंगले मतदान स्थलमा जान पाइयो ।’

     

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend