logo

२०८१ मंसिर १ शनिबार

logo
  • शनिबार, १ मंसिर २०८१
  • उदयपुरको त्रियुगामा एकीकृत समाजवादीको अग्रता

    उदयपुरको त्रियुगामा एकीकृत समाजवादीको अग्रता

    3.3K
    Shares

     

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

    १० हजार ५१४ मत गन्दा एकीकृत समाजवादीका बलदेव चौधरीले कांग्रेसका वसन्त बस्नतेलाई १४८ मतले पछि पारेका छन् । चौधरीले ३ हजार ४७२ मत पाएका छन् । दोस्रो स्थानमा पुगेका कांग्रेसका बस्नेतले ३ हजार ३२४ मत पाएका छन् भने एमालेको भागवत राउत २ हजार ३६१ मतका साथ तेस्रो स्थानमा छन् ।

    उपप्रमुखमा भने कांग्रेसकी सरिता राईको अग्रता कायम छ । उनको ३०४२ मत रहेको छ । निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी गिता खड्का कार्कीको २ हजार ८५७ मत छ । तेस्रो स्थानमा नेकपा एमालेकी महेश्वरी राईको २ हजार ६१३ मत रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend