काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ ।
महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ ।