logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    मेयरको सपथग्रहण कार्यक्रममा कांग्रेस नेता निधिलाई बोलाएपछि एमालेका जनप्रतिनिधिले गरे सपथग्रहण बहिष्कार

    मेयरको सपथग्रहण कार्यक्रममा कांग्रेस नेता निधिलाई बोलाएपछि एमालेका जनप्रतिनिधिले गरे सपथग्रहण बहिष्कार

    3.5K
    Shares

    जनकपुरधाम । मेयरमा निर्वाचित भएपछि सपथग्रहण कार्यक्रममा नवनिर्वाचित मेयरले पार्टीका नेता बोलाएपछि जनकपुर उपमहानगपालिकाको सपथग्रहण कार्यक्रम प्रभावित भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि नवनिर्वाचित मेयर विवादमा तानिएका छन् ।

    मेयर साहले उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई सपथग्रहणका लागि कार्यक्रम आयोजना गरेका थिए । प्रमुख अतिथि नेता निधिलाई बनाएपछि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यक्रम बहिष्कार गरेका छन् ।

    एमालेबाट निर्वाचित ७ वटा वडाध्यक्ष र २९ वटा सदस्यले सपथग्रहण कार्यक्रम सामूहिकरूपमा बहिष्कार गरे । एमाले जनप्रतिनिधिको संयुक्त विज्ञप्तिमा निधिलाई प्रमुख अतिथि बनाएकाले सपथग्रहण समारोहमा उपस्थित हुन असमर्थ भएको उल्लेख छ ।

    ‘सपथग्रहण समारोहमा प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री वा नेपाल सरकारका कुनै तहका कर्मचारीलाई प्रमुख अतिथि बनाएको भए आपत्ति थिएन’, विज्ञप्तीमा भनिएको छ ।

    कांग्रेसबाट टिकट नपाएपछि नगर सभापतिबाट राजीनामा दिएर साह स्वतन्त्र उम्मेदवार बनेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका उनले चुनावपछि पनि स्वतन्त्र रहने बताएका थिए । तर, निर्वाचित भएपछि भने साहले पुनः कांग्रेसमै रहने संकेत गर्न थालेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend