काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विवादित बुँदा संशोधनको पत्र संसदमा पेश गर्न सरकारसँग माग गरेका छन् । बिहीबार संसदमा जारी बजेटको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
डा.रावलले व्याख्यात्मक टिप्पणीसहित संसदबाट पास भएको भनिएको एमसीसीको संशोधित पत्र हालसम्म संसदमा पेश नभएको र सो सम्बन्धमा कार्यप्रगति के कति भएको छ, सो जानकारी अविलम्ब संसदलाई दिन सरकारसँग आग्रह गरेका हुन् । यसबारे जनताले जान्न पाउनुपर्ने उनको भनाइ छ ।