logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • उपसमितिहरुले समितिलाई बुझाउनुपर्ने प्रतिवेदन १० दिनभित्र बुझाउन निर्देशन

    उपसमितिहरुले समितिलाई बुझाउनुपर्ने प्रतिवेदन १० दिनभित्र बुझाउन निर्देशन

    2K
    Shares

    काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समिति अन्र्तगतका उपसमितिहरुलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले समितिको वार्षिक प्रतिवेदन संसदमा बुझाउनुपर्ने भएकाले विभिन्न उपसमितिहरुले समितिलाई बुझाउनुपर्ने प्रतिवेदन १० दिनभित्र बुझाउन निर्देशन दिएको हो ।

    उपसमितिहरुले समितिलाई प्रतिवेदन बुझाइसकेपछि समितिको वार्षिक प्रतिवेदन संसदमा पेश गरिने निर्णय गरिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बमल प्रसाद श्रीवास्तवले बताए । उनले भने– ‘यो समितिले वार्षिक प्रतिवेदन चालु संसदमा बुझाउनुपर्ने भएको हुनाले यो समिति अन्र्तगतका विभिन्न उपसमितिहरुहरुले आ–आफ्नो प्रतिवेदन केहीले बुझाइसक्नुभएको छ । केहीले बुझाउन बाँकी रहेको हुनाले १० दिनभित्र समितिमा उपसमितिहरुको प्रतिवेदन बुझाइदिनको निम्ति आजको बैठकले निर्णय ग¥यो । ति उपसमितिहरुको प्रतिवेदन प्राप्त भएपछि पुनः बैठक बसि संसदमा वार्षिक प्रतिवेदन पेश गर्ने भनि निर्णय गरियो । अर्को, विभिन्न मन्त्रालयहरुको विषयमा यो समितिमा परेको निवेदन अनुसार हाल संसद चलिरहेको हुनाले र बजेट सेसन भएको हुनाले सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीको लागि पठाइदिने, र यो बजेट सेसन पछि सम्बन्धित मन्त्रीहरुलाई, सचिवहरुलाई, डिजीहरुलाई बोलाएर समितिमा पुनः छलफल गर्ने भन्ने आजको बैठकले निर्णय ग¥यो ।’

    समितिले विभिन्न मन्त्रालयहरुका विषयमा समितिमा परेको निवेदन अनुसार आवश्यक कारबाहीका लागि संसदको बजेट सेसन सकिएपछि सम्बन्धित मन्त्रालयहरुमा पठाउने र सम्बन्धित मन्त्री, सचिव तथा आवश्यक पदाधिकारीलाई समितिमा बोलाएर छलफल गर्ने पनि निर्णय गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend