logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बागमती प्रदेशसभा बैठक: पाँच अध्यादेश र प्रि बजेट पेश

    बागमती प्रदेशसभा बैठक: पाँच अध्यादेश र प्रि बजेट पेश

    4.3K
    Shares

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो नेतृत्वमा प्रदेशलाई समृद्ध बनाउने सन्दर्भमा उल्लेख्य कामहरु भइरहेको बताएका छन् । बागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले हेटौँडा अस्पतालमा नै मिर्गौला प्रत्यारोपण सुरु गर्ने गरी सरकारले काम गरिरहेको बताए। यसका लागि धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य भइरहेको उनले उल्लेख गरे ।

    मुख्यमन्त्री पाण्डेले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पताललाई छुट्याएर दुवैको संस्थागत विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । उनले हेटौँडा अस्पताललाई कम्तीमा ३०० बेड क्षमताको अस्पतालको रुपमा विकास गर्ने गरी काम भइरहेको उल्लेख गरे । त्यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकै लागि केन्द्र सरकारबाट स्वीकृति लिएर हेटौँडामा साढे १२ बिघा जमिनको व्यवस्था गरिएको उनले बताए ।

    त्यस्तै यातायात क्षेत्रको सुधारका लागि ट्रायल सेन्टरको स्थापना, त्यसको पूर्ण सञ्चालन तथा त्यहाँ कार्यरत कर्मचारीलाई प्रोत्साहन गरी सवारी चालक प्रमाणपत्र दिने सन्दर्भमा उल्लेख्य काम भइरहेको मुख्यमन्त्री पाण्डेले बताए । उनले सार्वजनिक सवारी साधनमा विद्युतीय भाडा तिर्ने प्रविधि लागू गर्न प्रदेश सरकारले कार्यविधि पास गरिसकेको बताए ।

    बागमती प्रदेशसभामा पाँच अध्यादेश पेश

    बागमती प्रदेशसभामा आज पाँच अध्यादेश पेश भएको छ । आजदेखि सुरु भएको प्रदेशसभाको दशौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका तर्फबाट पाँच अध्यादेश पेश भएको हो ।

    सरकार सञ्चालनका क्रममा अत्यावश्यक ऐनलाई अध्यादेशमार्फत ल्याएका कारण सदनमा पेश गरिएको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभुषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गरेका हुन् ।

    त्यसैगरी, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्नुभयो । त्यस्तै प्रदेश निजामती सेवा अध्यादेश, २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७८ संसद्मा पेश गरिएको छ । आजै बसेको दोस्रो बैठकमा अर्थमन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको प्रि बजेटसमेत पेश गरेको थियो । सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक जेठ १४ गते बिहान ११ गते बस्ने गरी आजको बैठक स्थगित गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend