काठमाडौं । त्रियुगाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतले अग्रता बढाएका छन् । २३ हजार ९७५ मत गणना हुँदा बस्नेतको प्रतिस्पर्धीहरूसँग करिब २००० को मतान्तर छ ।
बस्नेत ८२०० मतका साथ अग्रस्थानमा छन् भने एमालेका भागवत राउतले ६३७७ मत पाएका छन् । एकीकृत समाजवादीका बलदेव चौधरीले ६३०२ मतका साथ पछ्याइरहेका छन् ।
यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै सरिता राई ७४१० मतका साथ अग्रस्थानमा छन् । एमालेकी महेश्वरी राईले ७०५४ मतका साथ उनलाई पछ्याइरहेकी छन् । माओवादीकी गीता खड्का (कार्की)को ४८२५ मत छ ।
अझैं १६ हजार २०४ मत गणना हुँन बाँकी रहेको छ ।