काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबैसँग मिल्न सकिने बताएका छन् । आज (शनिबार) सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले भने, ‘यो केपी ओलीको अहंकार यति धेरै धम्स नहुने हो भने अरु सबै एमालेका नेता/कार्यकर्तासँग मिलेर काम गर्न सक्ने देख्छु ।’
तर, केपी ओलीकै व्यवहारका कारण सिंगो एमालेसँग मिलेर काम गर्न सक्ने अवस्था नदेख्दा आफूलाई चिन्ता लागेको प्रचण्डको भनाइ छ । प्रचण्ड भन्छन, ‘उहाँले जस्ता शक्दहरू प्रयोग गर्नुभयो यसले म अझै चिन्तित भएको छु ।’