logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बागलुङमा एकै परिवारका दुई दृष्टिविहीनलाई आर्थिक सहयोग

    बागलुङमा एकै परिवारका दुई दृष्टिविहीनलाई आर्थिक सहयोग

    3.6K
    Shares

    बागलुङ । एकै परिवारका दुई दृष्टिविहीन युवालाई आर्थिक सहयोग गरिएको छ । रोजगारीको लागि आएल्यान्ड गएका बागलुङका व्यक्तिहरुले बागलुङ नगरपालिका–६ स्थित लङ्गाउका दुई युवालाई आर्थिक सहयोग गरेका हुन् ।

    युवा अवस्थामा आँखा गुमाएका ४२ वर्षीय खीमबहादुर थापा र ३४ वर्षीय अम्बरबहादुर थापालाई हाल आएल्यान्डमा रहेका अशोक मगर ‘प्रेम’ को पहलमा सङ्कलन भएको रु ९० हजार ८२१ सहयोग हस्तान्तरण गरिएको छ । बागलुङ समाज आल्यारण्डमा आबद्ध व्यक्ति र रोजगारीका लागि सोही स्थानमा रहेको जिल्लावासीबाट रकम सङ्कलन गरिएको थियो ।

    आर्थिक अवस्था कमजोर रहेका ती दृष्टिविहिनलाई सानी आमा र बुवाले हेरचाह गर्दै आएका छन् । चौध जनाको परिवार भएको र अर्थोपार्जन न्यून भएकाले उनीहरुलाई रेखदेख गर्न समस्या हुँदै आएको छ ।

    बिहानदेखि बुलेकासम्म उनीहरुको रेखदेख, स्यारसुसार गर्नमै समय लाग्ने भएको र एक जनाको कमाइबाट मात्र ठूलो परिवारको पालनपोषण गर्नुपर्ने बाध्यता भएको सानी आमा डिलकुमारी थापाले बताए । बाइस वर्षको उमेरदेखि दुवैले आँखाको ज्योति गुमाएका थिए । रकम हस्तान्तरण गर्दै नेत्र ज्योति सङ्घका जिल्लाअध्यक्ष भरत पुरीले युवा अवस्थामा दृष्टिविहीन भए पनि परिवारसगै विदेशमा रहेका नेपालीको सहयोगबाट जीवनयापनमा केही सहज भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend