काठमाडौं । पोखराबाट जोमसोमका लागि १९ यात्रु लिएर उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएको छ ।
यद्यपी कास्की प्रहरीका एसपी रमेश थापाले भने सम्पर्कविहीन भएको जहाज खोजी भइरहेको बताएका छन् । विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ ।
तारा एयरको ९ एन–एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरले उडान भएरेका थिए । चालकदलका सदस्य इताशव घिमिरे र किश्मी थापासहित सो जहाज ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको थियो ।