logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पाल्पामा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

    पाल्पामा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

    4.1K
    Shares

     

    पाल्पा । पूर्वखोला गाउँपालिका–३, रिङनेरहबाट ३१ वर्षीय श्यामबहादुर दर्जीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पूर्वखोलाको द्वारेगौडा बस्ने दर्जीलाई २५ वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरिएको हो । पूर्वखोला गाउँपालिका बस्ने ती महिलालाई शुक्रबार घरमा कोही नभएको अवस्थामा करणी गरेको आरोप दर्जीमाथि लागेको छ ।

    इलाका प्रहरी कार्यालय पूर्वखोला र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अधिकृतहरुको टोलीले श्यामबहादुरलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

    यसैबीच, जेठ ११ गतेदेखि सम्पर्कविहीन भएकी युवती चार दिनपछि कालीगण्डकी नदी किनारमा मृत अवस्थामा भेटिएकी छन् । रम्भा गाउँपालिका–१, अमलीकी २२ वर्षीया अस्मिता विश्वकर्मा घरदेखि तीन किलोमिटर टाढा मृत भेटिएकी हुन् ।

    घरबाट एक्लै कसैलाई नसोधी हिँडेको र खोजतलास गर्ने क्रममा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend