logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • आगामी आर्थिक वर्षमा ११ खर्व ५२ करोड राजस्व परिचालन गर्ने

    आगामी आर्थिक वर्षमा ११ खर्व ५२ करोड राजस्व परिचालन गर्ने

    4K
    Shares

    काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा ११ खर्व ५२ करोड राजस्व परिचालन गर्ने अनुमान गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आईतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।

    अर्थमन्त्री शर्माले कोभिड महामारीको विषय परिस्थितिमा पनि हालसम्मको राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको बताए । उनले चालू आर्थिक वर्षको राजस्व परिचालन लक्ष्य अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढि भएको पनि बताए । उनले भने, ‘कोभिडको विषय परिस्थितिमा पनि हालसम्मको राजस्व संकलन अवस्था सन्तोषजनक रहेको छ । चालू आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्व ५२ अर्व ४२ करोड संकलन हुने अनुमान छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढि हो । चालू आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्व ८१ करोड र ऋण रु १ खर्व ७२ अर्व ८८ करोड परिचालन हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म रु १ खर्व ३५ अर्व आन्तरिक ऋण उठाई सकिएको छ । चालू आर्थिक वर्षमा रु २ खर्व ३१ अर्व ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको छ । ’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend