काठमाडौं । सरकारले देशैभरका १ हजार २ सय सामुदायक विद्यालयमा प्राविधिक शिक्षा सहित भवन निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्राविधिक शिक्षालाई विस्तार गर्न शिक्षकको तालिम तथा क्षमता अभिवृद्धि गर्ने व्यवस्था गरिने भएको छ ।
सोही कार्यक्रमका लागि ८ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ ।