logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    विमान दुर्घटनास्थलबाट सुमित गौचनले भने- अहिलेसम्म १२ ओटा शव संकलन भएका छन्

    विमान दुर्घटनास्थलबाट सुमित गौचनले भने- अहिलेसम्म १२ ओटा शव संकलन भएका छन्

    1.8K
    Shares

    काठमाडौं । दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमानमा रहेका मध्य उद्धार टोलीले अहिलेसम्म १२ ओटा शव संकलन गरेको छ ।

    प्रत्यक्षदर्शी सुमित गौचनले सुनौलो नेपालसँग कुराकानी गर्दै नेपाली सेना तथा नेपाल प्रहरीको उद्धार टोलीले अहिलेसम्म १२ ओटा शव संकलन गरेको बताए ।

    उनका अनुसार भेटिएका शवहरु क्षवविक्षत अवस्थामा छन् । शवहरु जलेको अवस्थामा भने छैनन् । उद्धार टोलीले अहिले आफुहरुलाई दुर्घटनास्थलभित्र जान नदिएको उनले बताए ।

    विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । ४ जना भारतीय नागरिक र १३ जना नेपाली थिए । जर्मन नागरिक २ जना रहेको तारा एयरले जानकारी दिएको छ ।

    आइतबार बिहान ९ बजेर ५५ मा पोखराबाट उडेको जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सोमबार बिहान यार्सागुम्बा टिप्न जानेहरूले फोटो खिचेर पठाएपछि दुर्घटनास्थल पहिचान भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend