logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विमान दुर्घटनाको जानकारी गराउँदा स्तब्ध छौं : तारा एयर

    विमान दुर्घटनाको जानकारी गराउँदा स्तब्ध छौं : तारा एयर

    3K
    Shares

    काठमाडौं । आईतबारदेखि सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र उद्धार कार्य जारी रहेको तारा एयरले जनाएको छ । तारा एयरले आज बिहान विज्ञप्ति जारी गरी १४ हजार ५०० फिटको उचाइमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो । जहाज दुर्घटनाको जानकारी गराउँदा स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

    यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार फिस्टेल एयरको ९ एन एजेआर हेलिकोप्टर आज बिहान ८ः१० बजे दुर्घटनास्थलमा अवतरण गरेर जहाज दुर्घटनाको पुष्टि गरेको थियो ।

    त्यसअघि नै यार्सागुम्बा संकलनमा गएका स्थानीयले जहाज दुर्घटना भएको अवस्थामा फेला पारेका थिए । उनीहरुले पठाएको जहाज दुर्घटनाको फोटो र सूचनाको आधारमा सुरक्षाकर्मीसहित उद्धारकर्ताको टोली परिचालित भएको थियो । खोज तथा उद्धारमा नेपाली सेना, एयर डाइनेष्टी, कैलाश हेलिकोप्टर र फिस्टेल एयरको हेलिकोप्टर परिचालन गरिएको थियो ।

    विमान दुर्घटनास्थलमा पुगेका सुमित गौचनले विमानमा रहेको कोहीपनि जीवित भेटिने अवस्थामा नरहेको बताएका छन् ।  आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो ।

    नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् ।

    क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको जहाजमा कोपाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend