logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि हट्दैन: मन्त्री आले

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि हट्दैन: मन्त्री आले

    3K
    Shares

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत एयरमार्क भइसकेकाले सरकार पछि नहट्ने बताएका हुन् ।

    उनले सरकार दृढतापूर्वक अगाडी बढ्ने बताए । मन्त्री आलेले हेलिकप्टर र हवाइजहाजहरु युरोपबाट ‘सेकेन्डह्यान्ड’ मा किनेर नेपालमा प्रयोग गरिने गरेको बताए । उनले पुरानो जहाज प्रयोग गरेर मानिसको जिवनको खेलवाड गरिएको भन्दै जहाजहरुको पुरै इन्जिनियरिङ सर्वे गरेर मात्रै प्रयोग गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले भने– ‘हेलिकप्टर, प्लेनहरु जम्मै सेकेन्डह्यान्ड आउँदो रैछ अधिकांश । युरोपमा काम नलाग्ने जहाजहरु यहाँ सेकन्डह्यान्ड, थर्ड ह्यान्डमा आउँदो रैछ । यसले गर्दाखेरी मानिसको जिवनमाथि खेलवाड गर्ने कामहरु पनि भइराखेको छ । क्यानका महानिर्देशक ज्यू हुनुहुन्छ म यहीबाट म निर्देशन दिन चाहान्छुकी यि सबै कुराहरु इन्जिनियरिङबाट पुरै यसको सर्वे हुनुपर्छ । त्यो आधारमा मात्रै अगाडी बढाउनका लागि म उहाँलाई भन्न चाहान्छु । समितिको निर्देशन स्टेट हुनुप¥यो । मन्त्रालयले अगाडी बढाउन नीति कार्यक्रममा आइसकेको छ । राष्ट्रिय योजना आयोगमा पनि एयरमार्क भइसकेको अवस्था छ । त्यसो भएको हुनाले मन्त्रालय पछाडी हट्दैन । हामी दृढतापूर्वक अगाडी बढ्छौँ । भोली सम्मानीत अदालतबाट आएको पूर्णपाठलाई मध्येनजर गरेर त्यसपछि फेरी हामी सरसल्लाह गरेर अगाडी बढ्ने नै छौँ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend