logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रेष्टुरेण्टभित्रका शौचालयलाई सार्वजनिक बनाउने मेयर बालेनको प्रस्ताव महानगर कार्यपालिकामा

    रेष्टुरेण्टभित्रका शौचालयलाई सार्वजनिक बनाउने मेयर बालेनको प्रस्ताव महानगर कार्यपालिकामा

    3.9K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्र रहेका रेष्टुरेण्टहरुका शौचालयलाई सार्वजनिक शौचालय बनाउने प्रस्ताव महानगर कार्यपालिकामा प्रस्तुत गरिएको छ ।

    काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले महानगरभित्र रहेका रेष्टुरेण्टका शौचालयलाई सर्वसाधारणले सहज र निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गर्ने प्रस्ताव गरेका हुन् ।

    कार्यपालिकाको जारी बैठकमा प्रस्ताव पेश गर्दै शाहले केही रेष्टुरेण्ट व्यवसायीहरुसँग अनौपचारिक छलफलका क्रममा आफूले सकारात्मक प्रतिक्रिया पाएको बताए ।

    मेयर शाहको प्रस्ताव अनुसार महानगरको प्रस्तावमा सहमत रेष्टुरेण्टहरुमा शौचलय प्रयोग गर्न सकिने संकेत बोर्ड राखिनेछ ।

    रेष्टुरेण्टमा अन्य सेवा नलिएको सर्वसाधारणले पनि शौचालय प्रयोग गर्न पाउने गरी व्यवस्था हुने शाहको भनाइ छ ।
    उनले महानगरले सार्वजनिक स्थलमा शौचालय निर्माणको क्रमलाई पनि निरन्तरता दिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend