पोखरा । तारा एयरको विमान दुर्घटनापछि फेला परेको मध्ये १० वटा शव पोखरा ल्याइएको छ । २१ शव फेला परेकामा ११ वटा शव घटनास्थलमा नै छन् । यस्तै, एक जनाको शव हालसम्म पनि भेटिएको छैन ।
सुरक्षाकर्मीहरूले खोजी कार्यलाई निरन्तरता दिएका छन् । पोखरा ल्याइएका शवलाई आजै काठमाडौं लगिनेछ । घटनास्थलमा भेटिएका ११ शव पनि मौसम खराबी र हिउँ परेका कारण कोवाङमा झार्न सकिएको छैन ।
आज मौसम नखुले बाँकी शवहरू भोलि मात्रै ल्याइने विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए ।