logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • सरकारको कृषिमुखी बजेट राम्रो छ : पूर्वअर्थमन्त्री वर्षमान पुन

    सरकारको कृषिमुखी बजेट राम्रो छ : पूर्वअर्थमन्त्री वर्षमान पुन

    2.9K
    Shares

    काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेटले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गरेका छन् ।

    प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पुनले कृषि क्षेत्रमा आमूल परिवर्तनका कार्यक्रम ल्याएकोमा अर्थमन्त्रीलाई पुनले धन्यवाद पनि दिए ।

    ‘अर्थतन्त्रको संरचनागत परिवर्तन गर्ने विषयमा बजेटले प्रयास थालेको छ । कृषिमा ३२ प्रतिशत बजेट बढाइएको छ । यो अत्यन्तै सकारात्मक र क्रान्तिकारी कदम हो’, उनले भने ।

    विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीतिलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने सुझाव पुनले दिए । बजेटलाई लाई ‘गठबन्धनको घोषणापत्र’ का रुपमा प्रतिपक्षले व्याख्या गरेको भन्दै पुनले प्रतिपक्षले भनेको सत्य भए नेपालका प्रहरी, सैनिक, कर्मचारीदेखि ज्येष्ठ नागरिक र किसानसम्म सबैले गठबन्धनलाई साथ दिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend