बुटवल । भैरहवामा घुससहित नापी कार्यालयका एक जना कर्मचारी पक्राउ परेका छन् । नापी कार्यालय, भैरहवामा कार्यरत अमिन टेकबहादुर रायमाझीलाई सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
रायमाझीले जग्गाको हालसाविक गर्न सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा अख्तियार बुटवल कार्यालय टोलीले पक्राउ गरेको हो।