logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा मेरो नामको एउटा घर सरकारको नाममा पास गरिदिन्छु: सांसद श्रीवास्तव

    वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा मेरो नामको एउटा घर सरकारको नाममा पास गरिदिन्छु: सांसद श्रीवास्तव

    3.4K
    Shares

     

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद बिमल प्रसाद श्रीवास्तवले आगामी आर्थिक वर्ष भित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताए ।

    उनले आगामी आर्थिक वर्ष भित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरे । उनले घरको अलावा सो घर बेच्दा आउने रकम सहयोग गर्ने उल्लेख गरे । उनले भने – ‘यसपालीको बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने भन्ने उद्घोष सुन्यौ यहाँ । त्यो स्वागतयोग्य छ । त्यसको लागि म अर्थमन्त्रीलाई धन्यवाद पनि दिन चाहान्छु । साथसाथै उहाँलाई एउटा निवेदन पनि म गर्न चाहान्छु, यदी यो साल वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने म त्यति सम्पन्न व्यक्ति होइन, मसँग पैसा पनि छैन । तर यो दुईवटा सञ्चालन भयो भने मेरो नामको एउटा घर छ त्यो घर या त सरकारको नाममा पास गरिदिन्छु अथवा त्यो घर बेचेर भएपनि एक करोड, डेढ करोड जति पैसा हुन्छ म यो सरकारलाई वीरगञ्जको चिनी मिल र कृषि औजार सञ्चालनका लागि त्यो फण्डमा म आफ्नो व्यक्तिगत रुपले सहयोग गर्ने आज सभामा म प्रतिज्ञा गर्दछु ।’

    उनले आगामी आर्थिक वर्षको बजेटमा सत्तापक्षकै सांसदहरुको असन्तुष्टि रहेको उल्लेख गर्दै बजेट झारा टार्ने किसिमले मात्रै ल्याइएको बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend