logo

२०८१ माघ १४ सोमबार

logo
  • सोमबार, १४ माघ २०८१
  • पुर्वराजा वीरेन्दको शालिक राख्न नदिएपछि आक्रोशित स्थानीयसँगको झडपमा परी ९ प्रहरी घाइते

    पुर्वराजा वीरेन्दको शालिक राख्न नदिएपछि आक्रोशित स्थानीयसँगको झडपमा परी ९ प्रहरी घाइते

    3.1K
    Shares

    नेपालगञ्ज । नेपालगञ्जमा राजावादी समुह र प्रहरीबीच झडप भएको छ । स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राख्ने क्रममा राजावादी समूह र प्रहरीबीच झपड हुँदा ९ जना प्रहरी घाइते भएका छन् ।

    सशस्त्र प्रहरी सहायक निरीक्षक पृथ्वीबहादुर शाही, प्रहरी सहायक निरीक्षक गञ्जबहादुर घर्तीमगर, हवल्दारद्वय लक्ष्मी चौधरी र जसीप्रसाद जोशी र प्रहरी सहायक हवल्दार रेशम राना घाइते भएका हुन् । यस्तै जवानहरू मञ्जु दर्जी, प्रकाश थापा, रामकुमार चौधरी र टिकाराम रिजाल पनि झपडमा घाइते भएका प्रहरीले जनाएको छ । घाइते भएका सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

    आज बिहान वीरेन्द्रको शालिक राख्ने क्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड हवाई फायर गरेको थियो । राजावादी समूहले तनावकाबीच स्थापना गरेको शालिक केहीबेरमै प्रहरीले हटाएको छ । प्रहरीले शालिक हटाएपछि आक्रोशित बनेको यो समूहले न्युरोडस्थित सेतु बिकको शालिकमा पनि तोडफोड गरेको छ ।

    उक्त शालिकको निधारमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । शालिक तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले केहीलाई पक्राउ गरेको छ । ०६२–६३ को जनआन्दोलनमा धम्बोझी चोकस्थित वीरेन्द्रको शालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको शालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो ।

    सो स्थानमा आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर वीरेन्द्रको शालिक पुनर्स्थापना गर्न खोजिएको थियो । ५ वर्षअघि पनि धम्बोझीमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयास गरिए पनि प्रशासनले रोकेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend