logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • तारा एयरको जहाज दुर्घटना: मृतकका आफन्तले बुझे शव

    तारा एयरको जहाज दुर्घटना: मृतकका आफन्तले बुझे शव

    3.4K
    Shares
    तारा एयरको जहाज दुर्घटना: मृतकका आफन्तले बुझे शव

    काठमाडौं । तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव आफन्तले बुझेका छन् । आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा दुर्घटनामा परेको थियो ।

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा दुर्घटनास्थलबाट शव संकलन गरी दुई चरणमा काठमाडौं ल्याइएको थियो ।

    काठमाडौं ल्याइएका शवको मंगलबार र बुधवार पोस्टमार्टम गरी बिहीबार शवलाई आफन्तको जिम्मा लगाइएको हो ।

    नेपाल समय


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend