logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    आन्तरिक उडानको मौसम पूर्वानुमान फोरकास्ट गर्न सकिन्न  :मौसम विभाग

    आन्तरिक उडानको मौसम पूर्वानुमान फोरकास्ट गर्न सकिन्न  :मौसम विभाग

    3.3K
    Shares

    काठमाडौं । मौसम विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान फोरकास्ट गर्न नसक्ने बताएको छ । एक सूचना जारी गर्दै मौसम विभागले नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने बताएको हो ।

    यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागको स्पष्टीकरण छ । विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवा अन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ । तर, आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको विभागले सूचनामा उल्लेख गरेको छ ।

    उडान सुरक्षामा नयाँ नियम : पूर्वाधार नहुँदा कार्यान्वयन चुनौतीपूर्ण
    आन्तरिक उडानका लागि हाल उपलब्ध जनशक्ति र प्रविधिहरुको माध्यमबाट मौसमी सूचना मात्र दिन सकिने र दैनिक क्षेत्रगत मौसमी अवस्थाको ब्रिफिङ मात्र गर्न सकिने विभागको सूचनामा उल्लेख छ ।

    सरकारले १५ जेठमा भएको तारा एयरको विमान दुर्घटनापछि इनरुट सफा नभएसम्म उडान नगर्न निर्देशन जारी गरेको छ । तर, त्यस्तो सूचना कसले दिने भन्नेबारे अन्योल छ । सरकारको यस्तो निर्देशनपछि पहाडी र हिमाली क्षेत्रमा हुने उडान प्रभावित भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend