झापा । झापामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ बस्ने ३७ वर्षीय हिमाल राई भन्ने मनोज कुमार राउत रहेका छन् ।
प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।