logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • कपडा उद्योगलाई बजेटले सम्बोधन गरेन : कपडा उद्योगी

    कपडा उद्योगलाई बजेटले सम्बोधन गरेन : कपडा उद्योगी

    3.3K
    Shares

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कपडा उद्योगका समस्यालाई वास्ता नगरेको भन्दै कपडा उद्योग संघले असन्तुष्टि जनाएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आर्थिक वर्ष २०७९÷८० को बजेटले कपडा उद्योगको माग सम्बोधन नगरेको बताएको हो ।

    नेपाली बजारमा अवैध रुपमा भित्रने विदेशी कपडासँग नेपालमा उत्पादन भएको कपडाले प्रतिस्पर्धा गर्नुपरिरहेको बारे बजेट तथा कार्याक्रममा सुधारको कुनै व्यवस्था नभएको बताएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष शैलेन्द्र प्रधानले बजारमा न्यून विजकीकरणमा आएका कपडाहरुको अनुगमन र मूल्य अभिवृद्धिकरमा दर्ता नगरेका कम्पनीहरुलाई करको दायरामा ल्याउन आवश्यक रहेको बताए ।

    संघले कपडा उद्योगलाई दिगो र नियमित बनाउन करको दरहरुमा हेरफेर गर्न माग गरेको छ । नेपाली कपडा उद्योगलाई आर्थिक वर्ष २०७४÷०७५ स्मरण गर्दै आएको बिक्रीमा उठाइएको ७० प्रतिशत मुल्य अभिवृद्धि कर फिर्ता गर्नुपर्ने वा छिमेकी मुलुक भारतमा रहेको जीएसटीसरह ५ प्रतिशत गर्नुपर्ने, कपडा उद्योगको कच्च पदार्थ सुति धागोमा मुल्य अभिवृद्धि कर लाग्ने व्यवस्था हुनुपर्ने माग गरेको छ ।

    यसले धागो बिक्री र कपडा बिक्रीहरुमा भइरहेको विकृतिहरु न्यून हुने र राजश्वमा पनि वृद्धि हुने संघले जनाएको छ । त्यस्तै संघले विद्युत शक्ति प्रयोग गर्ने कपडा उद्योगलाई मू.अ.करमा अनिवार्य रुपमा दर्ता गर्नुपर्ने व्यवस्था हुनुपर्ने माग गरेको छ ।

    यसले समान किसिमको कपडा उत्पादन गर्ने उद्योगहरुमा कसैलाई पनि मू.अ.क.लाग्ने र नलाग्ने असमानता हट्न गइ स्वस्थ प्रतिष्पर्धा हुने र अन्य विकृतिहरु न्यून भई राजश्वमा वृद्धि हुने संघको भनाइ छ ।

    संघले कपडाको कच्चा पदार्थको दरभन्दा पनि घटी मूल्यमा कपडा तथा कपडाजन्य तयारी वस्तुहरु आयात भइरहेकोले भन्सार महशुल यथार्थपरक मूल्यांकन गरी भन्सार महशुल फ्लोर प्राइजको व्यवस्था र मू.अ.क. नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था हुनुपर्ने र यसले कपडा तथा कपडाजन्य वस्तुहरुको व्यापार वैधानिक भई सरकारलाई राजश्व बढ्ने स्पष्ट पारेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend