काठमाडौं । झापाका विभिन्न स्थानहरूबाट चोरी भएका १२ थान मोटरसाइकलसहित चोरीमा संग्लग्न रहेको आरोपमा आठजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सप्तरी टिकुली नगरपालिका–५ बस्ने २७ वर्षीय करण महमद, झापा गौरीगञ्ज गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोर, अर्जुनधारा नगरपालिका–८ बस्ने १८ वर्षीय किशोर, बिर्तामोड नगरपालिका–५ बस्ने १८ वर्षीय २ जना किशोर, सोही नगरपालिका–३ बस्ने १९ वर्षीय कुमार राजवंशी र इलाम चुलाचुली घर बताउने १८ वर्षीय किशोर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले अर्जुनधारा नगरपालिका–८ कदमगाछी बस्ने अशोक बिहारीको घरमा ग्यारेज भित्रबाट, सोही नगरपालिका–१० बस्ने बिमल हुमागाईको घरमा मोटरसाइकल ग्यारेज सञ्चालन गरी बस्ने करण महमदको ग्यारेजबाट र झापाको बिभिन्न स्थानबाट चोरी भएका उक्त मोटरसाइकल फेला पारेको हो ।