logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • देश आर्थिक संकटमा परेका बेला बजेट कार्यान्वयनमा कठिनाइ हुन्छ: भीम रावल

    देश आर्थिक संकटमा परेका बेला बजेट कार्यान्वयनमा कठिनाइ हुन्छ: भीम रावल

    3.2K
    Shares

    काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले देश आर्थिक संकटमा परेका बेलामा अध्ययन नगरिकन बजेट आएको र कार्यान्वयनमा कठिनाइ हुने बताएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफलका विषयमा उनले बजेटले समाजवादोन्मुख अर्थतन्त्रको व्यवस्थालाई अवलम्बन गर्न नसकेको बताए ।

    सांसद रावलले नेपाल पनि आन्तारिक र बाह्य ऋणको चपेटामा पर्न सक्ने कुरा आइरहेका अवस्थामा बजेटले त्यो कुरालाई ध्यान दिन नसकेको सुझाव दिए । सांसद रावलले सगरमाथासम्म २ घण्टामा पुग्ने द्रूतमार्ग बनाउने, काठमाडौंबाट चितवन १ घण्टामा पुग्ने द्रूतमार्ग बनाउने पनि बजेटको सस्तो लोकप्रियता भएको धारणा राखे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend