logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाललाई डिजेल, पेट्रोल र एलपी ग्यासमुक्त देश बनाउन आजैबाट काम सुरु गरौं : गगन थापा

    नेपाललाई डिजेल, पेट्रोल र एलपी ग्यासमुक्त देश बनाउन आजैबाट काम सुरु गरौं : गगन थापा

    3.3K
    Shares

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले नेपाललाई डिजेल, पेट्रोल र एलपी ग्यासमुक्त देश बनाउनुपर्ने बताएका छन् । संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद थापाले सरकारले १० वर्ष भित्र डिजेल, पेट्रोल र एलपी ग्यासमुक्त देश बनाउने गरी आजैबाट काम सुरु गर्नुपर्ने बताएका हुन् ।

    नभए यसले मुलुकलाई झनै मारमा पर्ने महामन्त्री थापाको भनाई थियो । मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन उनले माग गरेका छन् । महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौति थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

    महामन्त्री थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गराए ।

    ‘म एउटा कुनै मन्त्रालयको मात्रै कुरा होईन, यसले यति अस्तव्यस्त बनाउछ–हाम्रो देश समाज सबैतिर । त्यसैले मत सम्मानीय प्रधानमन्त्रीजीलाई नै आग्रह गर्न चाहन्छु–युद्धको जस्तो सोच राखेर वार सुटिङमा काम गर्नुपर्ने बेला छ । पेट्रोलियम पदार्थ अन्तराष्ट्रिय बजारबाट हामीहरु किन्छौं । त्यसमा ६० पैसा मात्रै हो प्रशासनिक खर्च । आयल निगम छैन भन्ने मान्ने हो भने पनि एक लिटरमा जम्मा ६० पैसा मात्रै कटने हो । बाँकि त हाम्रो कर हो । पूर्वाधार कर हामीले घटायौं । अरु पनि घटाएर भएपनि जनतालाई मूल्यवृद्धिबाट राहत दिनैपर्छ ।’ उनले भने ।

    महामन्त्री थापाले पेट्रोलियम पदार्थको स्टोरेज क्यापासिटी बढाउने काममा पनि ध्यान दिन सरकारलाई दवाव दिनु भयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend