logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • निजगढ अन्तराष्ट्रिय विमानस्थलबारे सर्वोच्चको आदेशको पक्षमा माईतीघरमा प्रदर्शन

    निजगढ अन्तराष्ट्रिय विमानस्थलबारे सर्वोच्चको आदेशको पक्षमा माईतीघरमा प्रदर्शन

    2.6K
    Shares

    काठमाडौं । निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रर्दशन गरिएको छ ।

    प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥यालीसहितको प्रर्दशन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यवद्धता जनाएका हुन ।

    विनाविकल्प सो विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरुले ऐक्यवद्धतास्वरुप काठमाडौंमा शान्तिपूर्ण ¥यालीसहितको प्रर्दशन सुरु गरिएको स्थानीय नवराज सञ्जेलले बताए ।

    उनले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपूर्जा सहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो ।

    स्थानीयले ५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीयहरुलाई विस्थापित गराउने षडयन्त्र राज्यबाट भईरहेको भन्दै आपत्ति जनाउँदै आएका छन ।

    प्रभावित क्षेत्रका बासिन्दालाई सो बस्तीको विकल्पमा लालपूर्जासहितको जमिन तत्काल उपलब्ध गराउनुपर्ने उनीहरुको मुख्य माग छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend