काठमाडौं । महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हद म्याद राख्ने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गरिएको छ । पीडाको कुनै हदम्याद हुँदैन भन्ने मूलनारासहित सो प्रर्दशन गरिएको हो ।
सडकमा पलेटी कसेर बसेका प्रर्दशनकारीहरुले पीडकलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्तिसहितको व्यवस्था सरकारले नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन । त्यस अवसरमा उनीहरुले ‘दया होईन, न्याय दे’, ‘हामी चुप लागेर बस्दैनौं’, ‘पीडाको कुनै हदम्याद हुँदैन’ भन्ने लेखिएको प्लेकार्ड समेत प्रर्दशन गरेका थिए ।